यस्तो छ हेर्नुहोस, आजको नेपाली बजारमा मलेसियन रिंगेट सहित विदेशी मुद्राको रेट,भाउ।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर ( मलेसिया ):= नेपाल राष्ट्र बैंकको विनिमय दर अनुसार आज मिति सन् २०२३ / अप्रिल ०४/ २६ तारिख बुधबारको दिन आर्थिक बजारमा अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ७७ पैसा र विक्रिदर १३१ रुपैयाँ ३७ पैसा रहेको छ। आज युरो १ को खरिददर १४४ रुपैयाँ ०७ पैसा र विक्रिदर १४४ रुपैयाँ ७३ पैसा रहेको छ।

त्यसैगरी कतारी रियालको खरिद दर ३५ रुपैंयाँ ७९ पैसा तथा विक्रि दर ३५ रुपैंयाँ ९५ पैसा रहेको छ । साउदी अरेवियन रियालको खरिद दर ३४ रुपैंयाँ ८६ पैसा तथा विक्रि दर ३५  रुपैंयाँ ०२ पैसा छ। युएई दिरामको खरिद दर ३५ रुपैंयाँ ६१  पैसा तथा विक्रि दर ३५ रुपैंयाँ ७७ पैसा छ।

यसैगरी मलेसियन रिंगिटको खरिद दर २९ रुपैंयाँ ४१ पैसा तथा विक्रि दर २९ रुपैंयाँ ५४ पैसा कायम रहेको छ । कुवेती दिनारको खरिद दर ४ सय २७ रुपैयाँ ०५ पैसा तथा विक्रि दर ४ सय २९ रुपैयाँ ०१ पैसा रहेको छ। बहराइन दिनारको खरिद दर ३ सय ४६ रुपैंयाँ ८७ पैसा तथा विक्रि दर ३ सय ४८ रुपैंया ४६ पैसा रहेको छ।

पछिल्लो केहि महिनादेखि आरएम १ रिंगेटको ३० रुपैयाँ कटेको मलेसियाको दररेट पुनः क्रमशः ओरालो लाग्दै गैइरहेको देखिन्छन्। माथी उल्लेखित दर,रेट नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार उल्लेख गरिएको,लेखिएको हो। विभिन्न देशमा रहेका वाणिज्य बैंक,रेमिटेन्स कम्पनीहरुले यो विनिमय दरमा भने थोरै फेरवदल सहित आर्थिक कारोवार गर्न पाउँछन्।