भारतीय पेय पदार्थ कम्पनी पार्ले एग्रोले ल्याए पार्ले “फ्रुटी”

काठमाडौं := भारतीय पेय पदार्थ कम्पनी पार्ले एग्रोले फेरि पनि नेपाली बजारमा आफ्नो उत्पादन फ्रुटी ल्याएको छ । पार्ले एग्रोले नेपालमै पहिलोपटक फ्रुटीको ब्राण्ड एम्बेसडरमा अभिनेत्री उपासना सिंह ठकुरीलाई नियुक्त गरेको छ । फ्रुटी १२५ मिलिलिटर र २०० मिलिलिटर कार्टुन प्याक तथा १५० मिलिलिटर, २५० मिलिलिटर र ५०० मिलिलिटर पेट बोटलमा उपलब्ध रहेको छ ।

पार्ले एग्रोले स्याउको कार्बोनेटेड पेय ‘एप्पी फिज’ पनि ल्याएको छ । एप्पी फिजको ब्राण्ड एम्बेसडरमा भने अभिनेत्री प्रियंका कार्की रहनुभएको छ । एप्पी फिज १६०,, २५० तथा ५०० मिलिलिटर पेट बोटलमा उपलब्ध रहेको छ । नेपालमा पार्ले एग्रोले विशाल ग्रुपसँग सहकार्य गरेको छ । विशाल ग्रुपको साउथ एसियन वेभरेजले हाल नेपालमा फ्रुटी तथा एप्पी फिज बिक्री गर्दै आएको छ ।