एसिसी प्रिमियर कप क्रिकेटमा कुबेत र सिंगापुर , कतार र मलेसिया भिड्ने।

काठमाडौं := एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्।कीर्तिपुरस्थित खेल मैदानमा कुबेत र सिंगापुर बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा कतार र मलेसियाका बीचमा प्रतिस्पर्धा हुनेछ।  दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।

मुलपानी क्रिकेट मैदानमा लगातार वर्षाको कारण खेल हुन नसकेपछि नेपाल र साउदी अरब दुबै टोलीले १ –१ अंक बाँडेका थिए भने पानी परेका कारण हङकङ र बहराइनबीचको खेल रद्द हुन पुगेको थियो । उनीहरुले पनि १–१ अंक बाँडेका छन् ।