काठमाडौं := आई-पे रेमिट प्राइभेट लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकबिच विप्रेषण भुक्तानी सम्बन्धी सम्झौता भएको छ।
एक समारोहका बीच आई पे रेमिट प्रा.लि.को कार्यकारी निर्देशक इन्द्र प्रसाद शर्मा र राष्ट्रिय वाण्ज्यि बैंक लि.का विभागीय प्रमुख ऋषि राम ढकालले नेपालमा विप्रेषण भुक्तानी सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
सम्झौता अनुसार आई पे रेमिटमार्फत मलेसिया, दुबई, कतार, जापान, कोरीयाका साथै विश्वका विभिन्न अन्तर्राष्ट्रिय मुलुकबाट पठाएको रेमिटेन्स रकम (पैसा) नेपाल भर छरिएर रहेका राष्ट्रिय वाण्ज्यि बैंक लि.को जुनसुकै शाखाहरु बाट सजिलै प्राप्त गर्न सकिनेछ।
विगत १२ वर्ष देखि विप्रेषण (रेमिटेन्स) को क्षेत्रमा सेवा प्रदान गर्दै आइरहेको आई पे रेमिटले नेपालभर छरिएर रहेका २० हजार भन्दा बढि साझेदारबाट भुक्तानी दिनका साथै ( Real Time Account Deposit/Real Time Wallet TopUp/ Cash Pick Up ) लगायतको सुविधा प्रदान गर्दै आइरहेकोछ।




















