अब यो देश युवाले हाँक्छन् र विकास गर्छन: रबि लामिछाने।

काठमाडौं := राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले अब देश युवाले हाँक्ने बताउनुभएको छ । लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिदै ब्यवस्था बदलिए पनि अवस्था नबदलिएको पनि उहाँको टिप्पणी छ ।

‘सोच्छु ,ऐतिहासिक परिवर्तनले बलिदानीको मर्म जोगाउन सक्यो कि सकेन? राजनीतिक चरित्र सुधार्न सक्यो कि सकेन?,’  लामिछानेको निष्कर्ष छ, ‘अहिलेको देश देख्दा लाग्छ हामी दशकौं पहिले जहाँ थियौं, त्यहीँ छौं । व्यवस्था त सुध्रियो, अवस्था सुध्रिएन।’ उहाँले अगाडी लेख्नुभएकाे छ, ‘लोकतन्त्र दिवसले ती तमाम जञ्जालबाट  मुक्ति देओस् । यो देश अब युवाले हाँक्छन् ।’