क्वालालम्पुर (मलेसिया):= मलेसियाको आईकिया (ikea) ले नेपाल र मलेसियाबीचको फ्रि भिसा – फ्रि टिकट सम्बन्धि श्रम सम्झौता उल्लङ्घन गरेको आरोपमा सुरक्षा गार्डहरू उपलब्ध गराउने एक सेक्युरिटी गार्ड कम्पनीसँगको सम्झौता रद्द गरेको, तोडेको छ।
लण्डनस्थित फाइनान्सियल टाइम्समा प्रकाशित समाधानका अनुसार मलेसियामा नेपाली सुरक्षा गार्डहरूले काम पाउनका लागि मलेसिया आउन अमेरिकी डलर १,००० मलेसियन रिंगेट (आरएम ४,४००) तिर्नु परेको थाहा पाएपछि आईकियाले सेक्युरिटी कम्पनीसंगको सम्झौता रद्द गरेको हो।
अनुसन्धानको क्रममा ति कामदारहरुले आफू हरु मलेसिया रोजगारीमा आउनलाई म्यानपावर कम्पनी र रोजगारदाताले मागे अनुसारको अत्याधिक धेरै रकम बुझाएको बताउदै फ्रि भिसा र फ्रि टिकटको नियमअनुसार आफुहरुले तिरेको लागत रकम फिर्ता हुनुपर्ने माग गरेका थिए।
ति नेपाली कामदारहरुको दाबीपछि स्वीडेनको फर्निचर निर्माताले अनुसन्धान सुरु गरेको थियो। ब्रान्डको फ्रान्चाइजी स्टोरहरूको निरीक्षण गर्ने इन्टर आइकिया र मलेसियामा आइकिया स्टोरहरू सञ्चालन गर्ने इकानो रिटेलले अनुसन्धानको नेतृत्व गरेको थियो।
इकानो रिटेलले ले भने कि अनुसन्धानले “हाम्रो मलेसियाको व्यवसायमा काम गर्ने धेरै सुरक्षा गार्डहरूले चर्को भर्ती शुल्क तिरेको” पुष्टि भएको छ, यसले यसको श्रम आचार संहिता नियमहरूको उल्लङ्घन गरेको छ, एफटी रिपोर्टले भन्यो।
पछि इकानोले आफ्नो चिन्ता र कामदार को समस्या समाधान गर्न नसकेपछि र घटनाबारे स्थानीय सरकारी अधिकारी र नेपाली दूतावासलाई जानकारी गराएपछि सुरक्षा गार्ड प्रदायक कम्पनीसँगको सम्बन्ध तोड्ने निर्णय गरेको थियो। सोही अनुरुप कदम अगाडि बढाइएको आईकियाले जनाएको छ।
इकानो रिटेल समूहले पछि नयाँ आपूर्तिकर्ता सुरक्षागार्ड कामदार भर्ना प्रक्रिया सुरक्षित साथ सुरु गरेको छ , अब फ़ेरि पनि उप-ठेकेदार , दलालहरु प्रयोग गर्नुको सट्टा प्रत्यक्ष रूपमा कामदारहरूलाई भर्ती गरिने, एफटीले रिपोर्टमा उल्लेख गरेको छ। एजेन्सीको सहयोगमा




















