काठमाडौं := सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने प्रक्षेपण एसियाली विकास बैंक (एडीबी) ले गरेको छ । मंगलबार एसियन डेभलपमेन्ट आउटलुक सार्वजजिक गर्दै एडीबीले यस्तो प्रक्षेपण गरेको हो ।
यसअघिका दुई आर्थिक वर्षमा नेपालले आर्थिक वृद्धिको प्रक्षेपित लक्ष्य भेट्टाउन नसकिरहेको अवस्थामा एडीबीले सन् २०२३ का लागि आर्थिक वृद्धिको लक्ष्य प्रक्षेपण गरेको हो। सन् २०२२ मा ५.८ प्रतिशत रहेको नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा ४.१ र सन् २०२५ मा ५ प्रतिशत हुने प्रक्षेपण एडीबीको छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।




















