१३ वटा मन्त्रालय र १०० दिनमात्रै समय दिनुस् देश बनाएर देखाउछु: रवि लामिछाने।

चितवन := राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले एक सय दिन १३ वटा मन्त्रालयको जिम्मेवारी दिए देश कस्तो बनाउनुपर्छ देखाइदिने बताउनु भएको छ ।

चितवनमा मंगलबार आयोजित सभालाई सम्बोधन गर्दै उहाँले विभिन्न १३ वटा मन्त्रालयको जिम्मेवारी रास्वपालाई दिएमा देशको थिति बसाल्ने दाबी गर्नुभयो । एक सय दिन १३ वटा मन्त्रालयको जिम्मेवारी दिएमा थिति बसालेर देश कस्तो बनाउनुपर्छ भन्ने देखाइदिने उहाँको भनाइ छ ।