घरेलु मैदानमा स्टार खेलाडीहरुले भरीपुर्ण पिएसजी दोस्रो पटक फ़ेरि हार्यो।

एजेन्सी := फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको स्टार खेलाडीहरुले भरीपुर्ण पेरिस सेन्ट जर्मन (पिएसजी) घरेलु मैदानमै फेरि पराजित भएको छ। आइतबार राति पार्क डे प्रिन्समा लिग लिडर पीएसजी लियोनसँग १-० ले पराजित भएको हो ।

लियोनलाई जिताउन वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ब्राडली बार्कोलाले ५६औं मिनेटमा गोल गरे। त्यसअघि अलेक्जान्डर लाकाजेटले पहिलो हाफमा प्रहार गरेको पेनाल्टी पोष्टमा लागेको थियो । पीएसजीका सर्वाधिक गोलकर्ता किलिएन एमबाप्पेले बराबरी गोल नजिक पुगे पनि उनको प्रहार सेभ भएको थियो ।

पीएसजी सबै प्रतियोगितामा गरी पछिल्लो १८ मध्ये ७ खेलमा पराजित भएको छ । यस जितसँगै लियोन २९ खेलबाट ४४ अंक जोडेर नवाैं स्थानमा उक्लिएको छ भने पिएसजीले शीर्ष स्थानमा कायमै राखे पनि पराजयसँगै अग्रता बढाउनबाट भने चुकेको छ । शीर्षस्थानमा रहेको पिएसजीको २९ खेलबाट ६६ अंकमा छ ।