पुनः चुनावमा उठेका स्वर्णिम वाग्ले र रमेश खरेललाई साथैमै राखेर आज रवि लामिछानेले पत्रकार सम्मेलन गर्दै।

काठमाडौं := राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार आगामी वैशाख १० गते हुने उपनिर्वाचनका विषयमा पत्रकार सम्मेलन गर्ने भएको छ। रास्वपा अध्यक्ष रवि लामिछानेले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार उक्त सम्मेलन आज शनिबार अपराह्न ४ बजे बसुन्धरास्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने छ ।

लामिछानेले अर्थविद् स्वर्णिम वाग्ले र पूर्व डीआइजी रमेश खरेलसहितको तस्बिर शेयर गर्दै लेख्नुभएको छ, ‘हामी ३ भाइको पत्रकार सम्मेलन शनिबार ४ बजे ।’ हिजोमात्र कांग्रेस परित्यागको घोषणा गर्नुभएको अर्थविद् वाग्ले रास्वपा प्रवेश गर्नुभएको छ । उहाँ उपनिर्वाचनमा तनहुँ १ बाट चुनाव लड्ने चर्चा छ ।

यस्तै पूर्व डीआइजी खरेल बारा २ बाट  चुनाव लड्दै हुनुहुन्छ । सुशासन पार्टीका अध्यक्ष समेत रहनु भएको खरेलकाे पार्टी र रास्वपाबीच एकता हुने चर्चा पनि छ । खरेल ४ मंसिरको चुनावमा काठमाडौं १ बाट पराजित हुनु भएको थियो।यस्तै रास्वपा अध्यक्ष लामिछाने चितवन २ बाट उपनिर्वाचन लड्दै हुनुहुन्छ ।