काठमाडौं := खानेपानीमन्त्री अब्दुल खानले राजीनामा दिनुभएको छ । सरकारमा मन्त्रालयको भागबन्डामा चित्त नबुझेपछि मन्त्री खानले राजीनामा दिनुभएको हो । जनमत पार्टीबाट खानेपानी मन्त्री रहनु भएका खानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसामु राजीनामा बुझाउनु भएको छ ।
जनमत पार्टीले सुरुदेखि नै उद्योग मन्त्रालय मागिरहेको थियो । तर, अहिले पनि खानेपानी मन्त्रालय नै दिने भएपछि खानले राजीनामा दिनुभएको हो ।
साथै जनमतले एउटा मात्र मन्त्रालय पाउने हो भने उद्योग मन्त्रालय पाउनु पर्ने माग राखेको थियो । सत्तारुढ भागबन्डामा उद्योग मन्त्रालय नेपली कांग्रेसको भागमा परेको छ ।




















