काठमाडौं := आजबाट प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता सुरु हुँदैछ। दशरथ रंगशालामा नेपाली राष्ट्रिय फुटबल टोलीले आज लाओससँग पहिलो खेल खेल्दैछ। उक्त खेल साँझ ५ बजेवाट सुरु हुनेछ।
नेपाल र लाओस ७ वर्षपछि आमानेसामने हुन लागेका हुन्। सन् २०१६ मा भएको सोलिडारिटी कपमा यी दुई टोली पहिलो पटक खेलेका थिए। आज हुने खेलमा नेपाली राष्ट्रिय टिममा सात नयाँ खेलाडी थपिएका छन्।
नेपाली टोलीका मुख्य प्रशिक्षक शिनसेन्जो अल्बर्टो एनेसेलेले नेपाली खेलाडीमा धेरै क्वालिटीका भएकाले बिजय हासिल गर्न कठिनाई नभएको बताए। आफूले छोटो समयमा खेलाडी छनोट गर्न गाह्रो भएको उनको भनाइ छ। एन्फाले गत साता मात्र इटालीका अनेसेलाई राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो।
नयाँ मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले बनाएको नेपालको नयाँ राष्ट्रिय फुटबल टिमले आफूभन्दा कमजोर मानिएका भुटान र लाओसविरुद्धको प्रतियोगिता नेपालका लागि एउटा अवसरका रुपमा आएको छ ।
फिफा वरीयतामा लाओस र भुटान नेपालभन्दा पछाडि रहेका टिम हुन् । नेपाल वरीयतामा १७५ औं स्थानमा छ भने लाओस १८७ औं र भुटान १८५ औं स्थानमा छन् । तर वरीयताकै आधारमा मात्र कुनै पनि टिमलाई कमजोर आक्न हुँदैन । ९० मिनेटमा मैदानमा जसले राम्रो खेल्छ र गोल गर्छ त्यही टिमले फुटबल जित्छ ।
नेपालका प्रशिक्षक एनेस भन्छन्, ‘फिफा वरीयतालाई आधार मानेर कुनै पनि टिमलाई कमजोर अथवा बलियो भन्न हुँदैन । यी दुवै नेपालका लागि उत्तिकै प्रतिस्पर्धी टिम हुन् ।’
उता, टोलीका कप्तान किरण चेम्जोङ छोटो तयारीमा प्रतियोगिता खेल्नु परेकाले चुनौती रहेको बताए। उनका अनुसार प्रशिक्षक पनि यसैसाता आएको र टिम पनि नयाँ नयाँ खेलाडी मिलाउनु परेकाले उनीहरुका साथ मैदानमा उत्रन पर्दा चुनौती महशुश गरेको चेम्जोङको भनाइ छ।
हिजो मात्र नेपाली राष्ट्रिय फुटबलको २३ सदस्यीय टोलीको घोषणा गरिएको थियो । इटालियन प्रशिक्षक अनेसेले ६ खेलाडीलाई पहिलो पटक राष्ट्रिय टोलीमा समेटदै २३ सदस्सीय टिम घोषणा गरेका हुन्।
नेपाली राष्ट्रिय फुटबल टोली:
गोलकिपरः अभिषेक बराल, दीप कार्की, किरण चेम्जोङ
रक्षकः पदम भट्टराई, आदित्य चौधरी, अनन्त तामाङ, विकास तामाङ, रोहित चन्द, निशान खड्का, सनिस श्रेष्ठ
मिडफिल्डरः सुमित श्रेष्ठ, मणिकुमार लामा, नविन लामा, पुजन उपरकोटी, आयुष घलान, एरिक विष्ट, कमल थापा
स्ट्राइकरः दीपकराज सिंह ठकुरी, आशिष चौधरी, नवयुग श्रेष्ठ, अन्जन विष्ट, भरत खवास, मनिष डाँगी




















