काठमाडौं := राष्ट्रपति रामचन्द्र पौडेलले आइसिसी क्रिकेट विश्वकप लिग–२ मा युएईलाई हराउँदै विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीलाई सम्मान गरेका छन्। शितल निवासमा शुक्रबार राष्ट्रपति पौडेलले नेपाली टोलीलाई सम्मान गरेका छन्।
सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले विश्वकप छनोटमा पुग्ने क्रममा नेपाली टोलीले निकै राम्रो खेल खेलेको बताए। सबैकुराको पूर्वाधारको कमी हुदा पनि सफलता प्राप्त हुनु ठूलो कुरा भएको उनले बताए। राष्ट्रपति पौडेलले नेपाली क्रिकेट क्षेत्रलाई उपेक्षा गर्न नहुने भन्दै राष्ट्रको शान राख्नका लागि खेल क्षेत्रको पूर्वाधारका साथै खेलाडीहरुलाई प्रोत्साहित गर्नुपर्ने धारणा राखे।
नेपालको जीतले सबै नेपाली गौरवान्तीत रहेको र राष्ट्रले खुसीयाली मनाएको उनको भनाइ छ। उनले विश्वमञ्चमा पनि नेपालले उत्कृष्ठ प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। बिहीबार नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई नौ रनले पराजित गर्दै विश्वकप छनोटमा पुग्न सफल भएको थियो।





















