ओडिआई सिरिज अन्तर्गत आज यूएईले नेपाललाई दियो ३११ रनको विशाल लक्ष्य, के नेपालले जित्लान् ?

काठमाडौं:= आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज खेल अन्तर्गत आजको अन्तिम खेलमा यूएईले नेपाललाई विशाल लक्ष्य दिएको छ। त्रिभुवन विश्वबिद्यालय, किर्तिपुरको खेल मैदानमा टस जितेर ब्याटिङ थालेको  यूएईले ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनाएको छ ।

यूएईका लागि आसिफ खानले विस्फोटक शतक प्रहार गरे । उनले ४२ बलमा ४ चौका र ११ छक्काको मद्धतमा १०१ रनको योगदान गरे । भृत्य अरविन्द र कप्तान मोहम्मद वासिमले पनि उत्कृष्ट प्रदर्शन गरे । अरविन्दले १३८ बलमा ८ चौका र २ छक्काको मद्धतमा ९४ रन बनाउँदा वासिमले ४९ बलमा २ चौका र ६ छक्काको मद्धतमा ६३ रन प्रहार गरे ।

ओपनर आर्यन लाक्राले ६ रन, सीपी रिजवानले ७ रन, आयान अफजल खानले ३ रन, रोहन मुस्तफाले २० रनले रन बनाए ।नेपालका लागि दिपेन्द्र सिंह ऐरीले दुई विकेट लिएका छन् । सोमपाल कामी, ललित राजवंशी र सन्दीप लामिछानेको नाममा एक/एक विकेट रह्यो ।