मलेसियामा मृत्यु भएका मन्जितकाे परिवारलाई रु. २ लाख ८९ हजार ६ सय ७० रुपैयाँ सहयोग प्रदान।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा मृत्यु भएको नेपाली श्रमिकको परिवारलाई सहयोग गर्न आर्थिक रकम संकलन गरि सहयोग प्रदान गरिएको छ।

नेपालको नवलपरासी जिल्ला कावासोतीका मन्जित राणा मगरकाे यहीँ मिति सन् २०२३ गत महिना फेब्रुअरी २८ तारिख  मंगलबारको दिन सुत्यासुत्यै अवस्थामा हृदयघात भएर अच्चानक मृत्यु भएको थियो । मृतक मगर जोहरबारु स्थित सेनाईमा ट्रेण्ड ट्कनोलोजी मलेसिया एसडिएन बिएचडी (TREND TECHNLOGIES MALAYSIA SDN BHD) नामक म्यानुफ्याक्चरिङ कम्पनीमा कार्यरत रहेका थिए। मृतक मगर  करिब ३ महिना अघिमात्रै जन्मभुमि नेपाल छाडेर मलेसिया आइपुगेका थिए।

मृतक मगर कार्यरत रहेकै उक्त कम्पनीमा कार्यरत अन्य नेपाली श्रमिक दाजू भाई, दिदिबहिनीहरुले र केहि विदेशीको नागरीक ले पनि मगरकाे परिवारलाई जिवनयापन गर्न सहज होस् र केहि राहत मिलोस् भनि आर्थिक रकम संकलन गरि सहयोग गरेका हुन।

संकलन भएको नेपाली रु. २ लाख ८९ हजार ६ सय ७० रुपैयाँ गएको आईतवारको दिन मलेसीयाबाट मृतकका बुवा केश बहादुर राणा मगरकाे बैंक खातामा पठाइएको कुरा सोही कम्पनीमा कार्यरत हेल्प मधेशी मलेसिया संस्थाका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र महतोले जानकारी दिनुभयो।