सुरक्षा पन्त र मानव सुवेदीबीच इन्गेजमेन्ट, आज बिहिवार विवाह हुने।

काठमाडौं :=”अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीबीच इन्गेजमेन्ट भएको छ। बुधबार चितवनको सौराहामा विवाह समारोह हुनुअघि सुरक्षा र मानवले सम्बन्धबारे औपचारिक रुपमा जानकारी दिएका हुन् । तस्वीरमा दुवैले टीका र फूलमाला लगाउँदै इन्गेजमेन्ट रिङ पनि लगाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत बुधबार तस्बिर सार्वजनिक गर्दै अभिनेत्री सुरक्षाले लेखेकी छन्, ‘आजबाट नयाँ अध्याय सुरु हुँदै छ । हामी धेरै खुसी छौँ ।  आशिर्वाद दिनुहोला ।’  विवाह समारोहमा भाग लिन आफन्त र परिवारजन चितवन पुगेकी छिन्। ६ वर्षदेखिको प्रेमलाई सुरक्षा र मानवले विवाहमा परिणत गर्न लागेका हुन् ।