मलेसियामा विदेशी श्रमिकलाई टुक्राटुक्रा काटेर लगेजमा हालेर फालेको शव फेला, घटनामा संलग्न पक्राउ पर्दै।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा गत जनवरी महिनामा एक अज्ञात विदेशी पुरुष श्रमिकको हत्या गरेर टुक्राटुक्रा पारेर लगेज ब्यागभित्र प्याक गरेर फालेको अवस्थामा एक मृत शव फ़ेला परेको थियो।

सो शव मलेसियाको रावाङ्ग क्षेत्रमा उत्तर–दक्षिण राजमार्ग अन्तर्गत पर्ने सडकको नजिकै एक पुलमुनि फेला परेको थियो। सोही घटनाको अनुसन्धानको क्रममा हत्यामा संलग्नता रहेको आशंकामा अहिले मलेसियन प्रहरीले सोधपुछको लागि १५ जना नेपाली पुरुष र महिला कामदार त्यस्तै इन्डोनेसियालि महिला र पुरुष अनि फिलिपिन्सको पुरुष कामदारहरुलाई पक्राउ गरेर छानबिन थालेका छ्न।

सेलाङ्गरका प्रहरी प्रमुख दातुक श्री हुसैन ओमर खानले अनुसन्धानका आधारमा छानबिन गर्ने क्रममा २४ देखि ३० वर्ष उमेर समुहका ६ जनाको सो हत्यामा संलग्नता रहेको आशंका गरे पनि पाँचजना मात्रै फेला परेको र एकजना अझै फरार रहेको बताएका छ्न।

“हामीले अनुसन्धानमा प्राप्त प्रमाणसहितका कागजातहरू नायब सरकारी वकिललाई पठाइसकेका छौं र निकट भविष्यमा फरार रहेका सबै दोषीहरूलाई आवश्यक कारवाही र सजाय दिलाउन निर्देशनहरू प्राप्त गर्नेछौं,” साथै मृतकको सहि पहिचान गर्नलाई मलेसियास्थित विभिन्न देशको राजदूतावासलाई जानकारी गराईसकिएको उनले सेलाङ्गर प्रहरी आकस्मिक मुख्यालय (आईपीके) मा आयोजित पत्रकार सम्मेलनमा भने।

पक्राउ परेका सबैको प्रहरी अनुसन्धानका क्रममा सुङ्गाई बुलोहस्थित अपार्टमेन्टमा सुरक्षागार्ड (सेक्युरिटी गार्ड) को रूपमा कार्यरत रहि सहकर्मी भएकाले व्यक्तिगत रिसिभका कारण मृतक अन्दाजी ४८ वर्षीया पीडितको हत्या गरेको पाइएको बुझिएको उनले बताए।

प्रहरी प्रमुखले भने, पीडितलाई आफ्नै देशका मानिसहरुले काम गरेको अपार्टमेन्टको स्टोर रुममा मारेर टुक्राटुक्रा पारेको हो। उनले मिडियालाई दिइएको जानकारी अनुसार मृतकको शरीरको काटिएको शवको केही भाग टुक्राटुक्रा काटेर सामान राख्ने लगेज ब्यागको झोलामा भरिएको थियो भने आधा शव सडकको छेउमा फेला परेको थियो। BERNAMA