मलेसियामा राती सुतेको अवस्थामा अच्चानक छट्पटाउदै श्रमिक मन्जित राना मगरको मृत्यु।

क्वालालम्पुर (मलेसिया):= आफ्नो देशमा रोजगार नभएपछि विदेशिनु पर्ने हामी नेपालीको प्रमुख बाध्यतानै बनिसकेको छ। आफू र आफ्नो परिवारलाई खुसी राख्नकै लागी मलेसिया र खाडी मुलुक जाने नेपाली युवाको संख्या झन – झन बढ्दै गैइरहेको छ्न। करिबकरिब ६० लाख नेपालीहरु वैदेशिक रोजगारीमा कार्यरत रहेको तथ्यांकमा देख्न सकिन्छ।

तर विदेशमा पुगेर पनि भने जस्तो काम हुँदैन, नेपालबाट म्यानपावर र दलालहरुले धेरै रकम सेलरी आउने भनेर तोकेर पठाए बमोजिम तलब नपाउने ठगीमा पर्ने, काम गर्ने क्रममा दुर्घटना हुने ,अपाङ्ग हुने ज्यान गुमाउने जस्ता समस्या हामीले सुन्दै र भोग्दै आएका छौ।

यस्तै सोही वैदेशिक रोजगारीकै क्रममा मलेसियामा कार्यरत एक नेपाली श्रमिकको यहीँ मिति सन् २०२३ फेब्रुअरी २८ तारिख हिजो मंगलबारको दिन अकस्मात् मृत्यु भएको छ। नेपालको नवलपरासी जिल्ला कावासोती निवासी २१ वर्षीय मन्जित राणा मगरकाे मृत्यु भएको हो।

मृतक मगर जोहरबारु स्थित सेनाईमा ट्रेण्ड ट्कनोलोजी मलेसिया एसडिएन बिएचडी (TREND TECHNLOGIES MALAYSIA SDN BHD) नामक म्यानुफ्याक्चरिङ कम्पनीमा कार्यरत रहेका थिए। मृतक मगर  करिब ३ महिना अघिमात्रै जन्मभुमि छाडेर मलेसिया आइपुगेका थिए।

तिन महिना अघि एकै परिवारका दुई मगर दाजू भाईनै एउटै कम्पनीमा काम गर्न आईपुगेका थिए ,तर भाइकाे मृत्यु भएपछि दाइ मिलन राणा मगर अहीले एकदमै धेरै मानसिक पिडामा छन्। साथै आफू पनि अब स्वदेश फर्किने वा विदेशमै काम गर्ने भन्ने बारेमा अलमल मा परेको छ।

स्वास्थ्य अवस्था राम्रै देखिने मृतक मगर कुनै बिरामी पनि नभैइन बेलुका राम्रैसँग खाना खाएर सुतेका थिए, तर बिहानको करिब ४:१५ बजे तिर खोक्दै गरेको र उनी छट्पटाई रहेकाे सुत्ने खाट हल्ले पछि एकै रुममा सुत्ने अन्य साथीहरुले थाहा पाएपछि सबैले उनलाई बोलाउँदा बोलाउँदै करिब ५ मिनेटमा उनको मृत्यु भएको कुरा सोही कम्पनीमा कार्यरत र होस्टेल पनि सङ्गै बस्ने हेल्प मधेसी मलेसियाका वरिष्ठ-उपाध्यक्ष सुरेन्द्र महतोले जानकारी दिनुभयो।

साथै मृतक मगरको शव पोस्टमार्टमको लागि अस्पताल लगिएको र आवश्यक सम्पुर्ण प्रक्रिया पूर गरेर स्वदेश पठाउन कम्पनीले काम सुरु गरिसकेको र नेपाली दुतावास मलेसियाले पनि आवश्यक अनुसारको सहयोग गर्न तत्पर रहेको पनि महतोले बताउनु भयो।