हवाईजहाज निरन्तर भारततर्फ नै डाइभर्ट: अझै वैकल्पिक बनेनन् भैरहवा र पोखरा।

काठमाडौं := गत जेठ १ गतेदेखि सञ्चालनमा रहेको भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भैरहवा विमानस्थल काठमाडौँ विमानस्थलको विकल्प भएको बताएका थिए । कारणवश काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेका जहाज भैरहवामा अवतरण हुने उनको भनाइ थियो।

त्यस्तै गत पुस १७ गते उद्घाटन गरिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका क्रममा पनि उनले अब विदेशबाट आएका जहाज सिधै पोखरा विमानस्थलमा अवतरण गर्नसक्ने बताएका थिए । तर वैकल्पिक विमानस्थलका रूपमा देशभित्रै दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल तयारी अवस्थामा रहे पनि काठमाडौँमा अवतरण हुन नसकेका विमान भने भैरहवा वा पोखरामा अवतरण नभई भारततर्फ ‘डाइभर्ट’ हुँदै आएका छन्।

विगतमा नेपालमा एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थल हुँदा काठमाडौँमा कुनै अवरोध भए विमानहरू भारतको पटना र लखनउमा अवतरण हुने गरेका भए पनि हाल देशमा तीनवटा विमानस्थल तयारी अवस्थामा रहँदासमेत महानिर्देशक अधिकारीले भनेजस्तो समाधान नभई समस्या ज्युँका त्युँ छ । अहिले पनि जहाज घण्टौँ आकाशमा फन्को लगाएर निरन्तर भारततर्फ डाइभर्ट हुने क्रम रोकिएको छैन । आजको गोरखापत्र दैनिकमा समाचार छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।