इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लेस्टर सिटीलाई हरायो।

एजेन्सी:= इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले लेस्टर सिटीलाई हराएको छ। शनिबार राति भएको खेलमा आर्सनलले लेस्टरलाई १–० ले हराएको हो। लेस्टरको मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन ब्राजिलियन खेलाडी ग्याब्रियल मार्टीनेलीले निर्णायक गोल गरे ।

उनले खेलको ४६ औं मिनेटमा गोल गरेका थिए। जितसँगै आर्सनलले प्रिमियर लिगको अंक तालिकामा शिर्ष स्थानको अग्रतालाई जारी राख्यो । लिगमा आर्सनलको २४ खेलबाट ५७ अंक भएको छ । एक खेल बढी खेलेको म्यानचेस्टर सिटी ५५ अंकसहित दोस्रो स्थानमा छ । लेस्टर २४ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।