महानगरको मेयर पदबाट मलाई राजीनामा दिन लगाउन खोजिँदैछ: मेयर बालेन शाह।

काठमाडौं := काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह सामाजिक सञ्जालमा दिने अभिव्यक्तिका कारण बेलाबेलामा चर्चा र विवादमा आउने गर्दछन् ।

उनले सामाजिक सञ्जालमा दिने अभिव्यक्ति विभिन्न राजनीतिक दलप्रति लक्षित हुने गरेको छ । यस्तैमा उनले विकास विरोधीहरुले आफ्नो खुट्टा तान्ने खोजेको समेत गुनासो गर्दै आएका छन् ।

उनले लेखेका छ्न , “मेयर पदबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन्। यो देश कहिल्यै पनि बन्दैन,’ उनले भने। उनलाई कसले दबाब दिएको वा कुन सन्दर्भमा लेखेको केहि खुलाएका छैनन्।

 

प्रकाशित मिति: शनिबार, फागुन