काठमाडौं:= प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार विजयी गराउने सहमति गरेका छन्।
शुक्रबार साँझ बसेको आठ दलको बैठकले नेपाली कांग्रेसको उम्मेदवारलाई साझा उम्मेदवारको रुपमा राष्ट्रपतिको उम्मेदवार बनाउने र विजयी गराउने निर्णय गरेका हुन्। बैठकमा सहभागी नेकपा (एकीकृत समाजवादी) का नेता प्रकाश ज्वालाले आठ दलको बैठकले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
बैठकमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीबीच छलफल भएको थियो। शनिबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्नुपर्ने तालिका छ।




















