काठमाडौं:= नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गर्नुभएको छ।राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा दुई दलका शीर्ष नेताबीच सोमबार भएको भेटमा ओलीले नेपाललाई पार्टी एकतासहित राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गर्नुभएको हो ।
पार्टी विभाजनपछि व्यक्तिगत आरोप प्रत्यारोपबाट गुज्रिएका ओली र नेपालबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।यस्तै, नेपाली कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवालाई राष्ट्रपति बन्न दबाब बढ्दै गएको छ ।
नेकपा (माओवादी केन्द्र) लाई एमालेसँगको गठबन्धनबाट अलग गराउन प्रधानमन्त्री पुष्पमहल दाहाल ‘प्रचण्ड’ लाई पाँच वर्ष नै प्रधानमन्त्री बन्न समेत प्रस्ताव गरिसकेको कांग्रेसभित्र देउवालाई राष्ट्रपतिको उम्मेदवार बनाउन दबाब बढेको हो ।
पार्टीले पाँच वर्ष प्रधानमन्त्री पद नपाउने अवस्थामा देउवा नै राष्ट्रपति बन्नु उपयुक्त हुने दबाव कांग्रेसभित्र बढिरहेको छ ।राष्ट्रपतिको निर्वाचनको मनोनयन यही फागुनको १३ गते कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ ।




















