गैरआवसीय नेपाली (एनआरएनए) लाई लगानीको सीमा लचिलो बन्दै।

काठमाडौं:= चालु आर्थिक वर्षमा विदेशी लगानीको न्यूनतम सीमा घटाएको सरकार गैरआवसीय नेपालीको हकमा थप लचिलो बन्ने भएको छ । चालु आ.व.को बजेटमार्फत वैदेशिक लगानीको सीमा ५ करोडबाट २ करोडमा झारिएको छ ।

तर, विदेशी लगानीकर्तासरह सुविधा पाउँदै आएका गैरआवसीय नेपालीले यसमा थप छुट पाउने भएका छन् । उनीहरूका लागि यति भन्ने तोकिए पनि अहिलेको निर्धारित समयमा थप छुट दिन सकिने भनिएको छ ।

यो समाचारर आजको कारोबार दैनिकमा प्रकाशित छ ।