काठमाडौं:= चलचित्रकर्मी तथा एमाले नेता करिश्मा मानन्धरको चरित्र हत्या गरेको आरोपमा डिल्लीराम खनाल लाई प्रहरीले पक्राउ गरेको छ । केही साता अघि युट्यूवमा अभिनेत्री मानन्धरको विषयमा ‘अनाबश्यक’ बोलेको तथा चरित्रमाथी प्रश्न उठाउँदै अभिव्यक्ति दिएको अभियोगमा खनाललाई पक्राउ गरेकाे हाे ।
केन्द्रीय साइबर ब्युरोका एसपी पशुपति रायकाअनुसार माघ अन्तिम साता मानन्धरले आफूविरुद्ध जथाभाबी बोलेको भन्दै ब्युरोमा उजुरी दिनुभएकाे थियाे । सो उजुरीका आधारमा उनलाई काठमाडौँबाट पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको हो ।




















