सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको अस्पतालमा उपचारको क्रममा निधन।

काठमाडौं := ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ।

कीर्तिपुर अस्पतालमा उपचारको क्रममा आमा हरिकलाको १० बजेर ५७ मिनेट जाँदा निधन भएको पारिवारिक स्रोतले बताएकाे छ । गए राति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिन्डर विस्फोट हुँदा भण्डारीका आमा–छोरा जलेर घाइते भएका थिए। उनीहरूलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो । उनीहरूको आईसीयूमा राखेर उपचार भइरहेकाे थियाे।

यता भण्डारीको अवस्था पनि जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजाने तयारी गरिएको छ ।अस्पतालका अनुसार सांसद भण्डारीको २५ प्रतिशत भाग जलेको छ ।