एजेन्सी:= पेरिस सेन्ट जर्मेन (पीएसजी) युरोपियन च्याम्पियन्स लिग फुटबलको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा पराजित भएको छ। मंगलबार राति भएको खेलमा जर्मनीको बायर्न म्युनिखसँग पीएसजी १–० ले पराजित भएको हो ।
बायर्नलाई जिताउन किङ्सले कोम्यानले निर्णायक गोल गरे । उनले ५३ औं मिनेटमा अलफन्सो डाभिसको पासमा गोल गरेका थिए । पिएसजीले केलियन एम्बाप्पे, नेयमार र लियोनेल मेसीलाई मैदान उतारे पनि सफलता हात पार्न सकेन।

अब दोस्रो लेग बायर्नको मैदानमा आगामी मार्च ८ मा हुनेछ। दोस्रो लेगमा यही नतिजा कायम राख्न सके बायर्न क्वाटरफाइनलमा पुग्नेछ। पिएसजीलाई जितको आवश्यक छ।




















