काठमाडौं:= नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल ओडिआई क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।
आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न भएको नामिबिया विरुद्धको खेलमा ५५ रन बनाएपछि रोहित ओडीआईमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बनेका हुन् ।
रोहितले ओडिआईमा ३३ खेलमा १ हजार रन पूरा गरेका हुन् । जसमा १ शतक र ६ अर्धशतक समावेश छ । ओडीआईमा रोहितको व्यक्तिगत उच्च स्कोर १२६ रन हो ।
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत शृखंलाअन्तर्गत मंगलबारको पहिलो खेलमा नामिबियाविरुद्ध २ विकेटकाे ऐतिहासिक जित निकालेको हो।




















