काठमाडौं:= आइएमई डिजिटल सोलुसन र ललितपुर महानगरपालिकाबीच सहकार्यका लागि सम्झौता भएको छ । सम्झौताअनुसार विद्युतीय कर भुक्तानीमा महानगरपालिकाले आइएमई डिजिटल सोलुसनको मोबाइल वालेट आइएमई पेको प्रयोग गर्नेछ ।
सम्झौतापत्रमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल र आइएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेतले हस्ताक्षर गर्नुभएको हो ।




















