काठमाडौं := राष्ट्रियसभा उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन्। सोमवार बसेको राष्ट्रिय सभाको बैठकले उनलाई उपाध्यक्षमा निर्वाचित भएको घोषणा गरेको हो ।
राष्ट्रिय सभाको उपाध्यक्षका लागि एउटा मात्रै प्रस्ताव परेकाले उनी निर्विरोध निर्वाचित भएकी हुन्। कार्यकाल सकिएको करिब एक वर्षपछि राष्ट्रिय सभा उपाध्यक्ष पाएको हो । राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनले भने अर्यालविरुद्ध उम्मेदवार उठाएको थिएन ।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनि एउटा मात्रै प्रश्तावको सूचना प्राप्त भएकाले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८ बमोजिम सभाका माननिय सदस्य उर्मिला अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्बिरोध निर्वाचित हुनुभएको घोषणा गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सभाका माननीय सदस्य उर्मिला अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनि एउटा मात्रै प्रश्तावको सूचना प्राप्त भएकाले राष्ट्रिय सभा नियमावली २० ७५ को नियम ८ बमोजिम सभाका माननिय सदस्य उर्मिला अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्बिरोध निर्वाचित हुनुभएको घोषणा गर्दछु ।’
राष्ट्रिय सभाको अर्को बैठक आज नै २१ मिनेटपछि बस्नेछ ।




















