गृहमन्त्री पद गुमेको झोकमा रविकाे आक्रोश- १२ भाइ सम्पादकले चौतर्फि प्रहार गरे।

काठमाडौं:= राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमेको झोकमा नेपाली मिडियामाथी विभिन्न आरोप लगाएका छ्न। आईतवार आयोजित पत्रकार सम्मेलनमा लामिछानेले १२ भाइ पत्रकारले एकपछि अर्कोगर्दै आफूलाई खेदेको, लखेटेको बताएका छन् ।

पत्रकारमाझ उनले आफूलाई खासगरी मिडियाले नै चारैतिरबाट प्रहार गरेको बताए । उनले भने, मेरो अपराध के हो ? १२ भाइ सम्पादकले चौतर्फी प्रहार गरे’ ‘अनलाइन, कान्तिपुरमा सही आएको छ ?,’ उनको आक्रोश थियो, ‘कन्फ्लिक्ट अफ इन्ट्रेष्ट के हो ? देश चलाउने हो भने मसँग चुनाव लड्न आउनुस् !’

उनले भने ‘नोट डाउन गर्नुहोस’ भन्दै जंगिएका लामिछानेले आफूले गृहमन्त्रीमा दाबी गरेर ‘लाज’को राजनीति नगरेको बताए । उपप्रधानमन्त्री, सांसद, मन्त्री सबै पद गुमेपछि आफू आक्रोशित भएको स्वीकारिरहेका लामिछानेले ‘म मुडमा छु हैं’ भन्दै सञ्चार माध्यम र विभिन्न पेशामा रहेका व्यक्तिको निजी जीवनमा प्रवेश गर्दै लाञ्छना पनि लगाए ।

‘मन्त्री पद गुमेको झोँकमा यो झोंक्किएछ भन्ने लाग्यो होला तपाईंलाई,’ लामिछानेले भने, ‘अलि अलि त हो, मन्त्री, सांसद सबै गुमेपछि रिस उठ्या छ, कम रिस उठ्छ ?’

स्मरण रहोस् नागरिक विवादमा १३ माघमा सर्वोच्च अदालतको फैसलासँगै सांसद, गृहमन्त्री तथा पार्टी सभापति पद गुमाएका लामिछानेले त्यसयता लगातार गृहमन्त्रीमा फर्किने कसरत गरेका थिए । पद पाउनको लागी बालुवाटारदेखि बालकोटसम्म परिक्रमा गरिरहेका लामिछानेले अनेक प्रयत्नका बाबजुद पनि गुमेको गृहमन्त्री पद फर्काउन सकेनन् ।

आइतबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृहमन्त्रालय फर्काउने उनको अन्तिम कसरत असफल भएपछि उनी निराश भएर पार्टी कार्यालय बसुुन्धारा फर्किएका थिए ।