काठमाडौं:= राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने भएको छ। आज बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले वर्तमान सरकारबाट बाहिरिने निर्णय गरेको हो आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकमा सरकारमा निरन्तरता दिने वा नदिनेबारे छलफल भएको थियो ।
सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र गृहमन्त्रालय रास्वपालाई नदिने सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएसँगै पार्टीले यस्तो निर्णय लिएको हो। बैठक अघि रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको थियो । उक्त भेटमा रास्वपा सभापति लामिछानेले राखेको प्रस्ताव प्रधानमन्त्रीले नमानेको खवर बाहिरिएका थिए ।




















