मेरो मौनता आजसम्मका लागि मात्रै हो, म अभिमन्यु होइन: पुर्व गृहमन्त्री रवि लामिछाने।

काठमाडौं:= राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्र रहेको बताउनु भएको छ । सामाजिक सञ्जालमार्फत लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै रहेको भन्दै आफूलाई अभिमन्यु नभएको बताउनु भएको छ ।

उहाँले आफ्नोबारेमा केही भन्न, गर्न, लेख्न बाँकी रहेको भए भनिहाल्न, गरिहाल्न र लेखिहाल्न सुझाव दिनुभएको छ। ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो । म अभिमन्यु होइन,’ उहाँले फेसबुकमा लेख्नुभएको छ ।

गत साता सर्वोच्च अदालतले उनको नेपाली नागरिकताको प्रमाणपत्र अवैध ठहर गर्दै सांसद, उपप्रधान तथा गृहमन्त्रीसहित सबै जिम्मेवारीबाट पदमुक्त गरेको थियो। गत आइतबार अमेरिकाको नागरिकता त्यागेको निस्सा पेस गरेर नेपाली नागरिकता प्रमाणपत्रलाई ब्युँताएका उहाँले त्यसयता गृहमन्त्री पदका लागि गरेको लविङको चौतर्फी आलोचना भइरहेको छ।