सोमालियामा कारबाहीका क्रममा अल सेबाबका १३६ लडाकुको मृत्यु।

सोमालिया:= सोमालियामा अल सेबाबका कम्तीमा पनि १३६ जना लडाका मारिएका छन् । अल सेबाबका लडाकाका विरुद्धमा यहाँको सुरक्षा फौजले गरेको कारबाहीका क्रममा ती लडाका मारिएका बताइएको छ । अधिकारीहरुले गएका केही हप्तायतादेखि यहाँ हिंसा जारी राखेको सो समूहका विरुद्धमा सैन्य कारबाही थालेको छ ।

दक्षिण सोमालियामा गरिएको सो सैन्य कारबाहीमा परेर अरु तीनजना कमाण्डर पनि मारिएका बताइएको छ । शनिबार र आइतबार गरिएका सो कारबाहीमा उनीहरु मारिएका सोमालियाका सूचना मन्त्री अब्दिरमान युशुफ अल अदालाले जानकारी दिएको छ ।

दक्षिणी सोमालियको जनाला सहरमा विदेशी सुरक्षा फौज र सोमालियाली सेनाले गरेको संयुक्त कारबाहीका क्रममा सो क्षेत्रमा रहेका अल सेबाब आतङ्ककारी मारिएका बताइएको हो। मन्त्री अल अदालतले सो कारबाहीका क्रममा परेर अरु १०० जना लडाका घाइते भएका पनि जानकारी दिए। आइतबार राजधानी मोगादिसुमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले सो कुराको जानकारी दिएका हुन्।

मन्त्री अदालतले हिजो मारिएका तीनजना कमाण्डर समय समयमा सोमालियामा ठूला हिंसात्मक हमलाहरुमा सहभागी भएका कैयौँ मानिसको ज्यान लिएका व्यक्तिहरु रहेका जानकारी जानकारी दिए । उनले सोमालियाले देशबाट आतङ्कवादको अन्त्य गर्ने उद्देश्यका साथ पछिल्लो समयमा अल सेबाबका विरुद्धको कारबाहीलाई सशक्त बनाएको पनि बताए ।