चलचित्र ‘हृयारीकी प्यारी’को ‘दम दम’ गीत सार्वजनिक।

काठमाडौं:= यही शुक्रबारदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘हृयारी कि प्यारी’को गीत ‘दम दम’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अभिनेत्री साम्राज्ञी आरएल शाह बोल्ड र रोमान्टिक अवतारमा क्लबमा नृत्य गर्नुभएको छ । कविराज गहतराजले कोरियोग्राफी रहेको गीतमा युग भुसालको शब्द तथा संगीत र थोम्सन एन्ड्रियुजको स्वर छ ।

डाक्टर कपिल रिजालको डेब्यु निर्देशकीय यो चलचित्रमा साम्राज्ञीसँगै जितु नेपाल, विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौड्याल, रञ्जना भट्टराईलगायतको अभिनय छ। चलचित्रकोे पोष्ट प्रोडक्सन सबै मुम्बईमा गरिएको हो ।