क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका उपाध्यक्ष तथा समाजसेवी नेपाली ब्यावसायी राकेश प्रसाद महतो चौथो ईन्टरनेशनल सोसल अर्वाडद्वारा सम्मानित भएका छन्।
बिगत २३ बर्षदेखी मलेसियामै बसोबास गरिरहेका महतो नेपाली व्यवसायीहरु मध्यका एक सफल ब्यावसायी पनि हुन। क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रा.लीको आयोजनामा २४ तारिख मंगलबार मलेसियाको क्वालालम्पुरमा भएको चौथो इन्टरनेशनल सोसियल अर्वाड कार्यक्रम ले महतो लाई इन्टरनेशनल सोसल अर्वाड प्रदान गरि सम्मानित गरेको हो।

प्रदेश नम्बर.२ (मधेस प्रदेश) बारा जिल्ला को महागढीमाई नगरपालिका वडा नं १ बरियारपुर मा जन्मिएका राकेश महतो एक सामन्य परिवारमा हुर्किएका हुँन। महतो मलेसियामा बैदेशिक रोजगारीको सिलसिलामा समस्या परेका नेपाली श्रमिकहरुको हक र अधिकार सुनिश्चितताको लागि निरन्तर सक्रिय रहदै आएका छन्। बेला बखत मलेसियामा अलपत्र परेका नेपाली हरुको नेपाल सम्म को हवाई टिकट उपलब्ध गराइ सकुशल उद्धार गर्दै आएका छन् महतोले।
महतो मलेसियामा अहिले करौडौंको ब्यापार ब्यावसाय सन्चालन गर्दै आएका छन्। सामाजिक क्षेत्रमा योगदान पुर्याउने र समस्या परेका नेपाली हरुलाई सकेको सेवा गर्ने उदेश्यले आफ्नै नगरपालिका भित्रमा एक महागढीमाई नामक फाउण्डेशन पनि दर्ता गराएका छन्। सो फाउण्डेशनको संरक्षक राकेश महतोनै हुन।
मलेसियामा महतोले आर.के मेन्तरी एसडिएन बिएचडी,आर.के जनरल स्टोर,एजेन्सी पाकिर्जन,आर.के ग्रुप, आर.के पेलोन्तोङ् स्टोर लगायत विभिन्न कम्पनी र व्यवसाय सन्चालन गर्दै आएका छन्। विभिन्न सामाजिक संघ-संस्थाहरु सँग आबद्ध रहेका महतोले नेपालमा समेत ब्यापार ब्यावसाय सन्चालन गर्दै आएका छन्।


















