सामाजिक कथामा आधारीत सर्ट फिल्म“उच्च शिक्षा, एडुकेशन फर अ कमनर” सार्बजनिक।

काठमाडौं:= मगन इन्टरटेन्मेन्टको निर्माण तथा रजिन महर्जनको लेखन तथा निर्देशनमा तयार भएको लघु चलचित्र “उच्च शिक्षा, एडुकेशन फर अ कमनर” सार्बजनिक भएको छ ।माघ ११ गते कीर्तिपुर सिनेप्लेक्समा बिशेष प्रिमियर शोको आयोजना गरेर मगन इन्टरटेन्मेन्टको अफिसियल युट्यूब च्यानलबाट सरस्वति पुजाको अबसरमा सार्बजनिक भएको हो।

सामान्य परिवारका छोराको बिदेश गएर अध्ययन गर्ने इच्छाले परिवार हुने समस्यालाई लिएर बनाइएको उक्त लघु चलचित्र १८ मिनेट लामो छ । लक्ष्मी कुमार महर्जन, कृष्ण भक्त महर्जन, क्रिशल श्रेष्ठ, सुदीप भजु लगाएत कलाकारहरुको अभिनय रहेको यस लघु चलचित्रका निर्माता रामचन्द्र महर्जन तथा जमुना महर्जन हुन् । यस चलचित्र नेपाल भाषा र नेपाली दुबै भाषामा सार्वजनिक गरिएको हो ।