[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारको पुनः रिक्यालिब्रेसन कार्यक्रम (२.०) आज जनवरी २७ तारिख शुक्रवारदेखी सुरु भएको छ। यो कार्यक्रम अन्तरगत मलेसियामा अवैधानिक (इलिगल) हैसियतमा कार्यरत नेपालीसंगै अन्य विदेशी कामदारहरुले वैधानिक (लिगल) बन्न पाउने र वैधानिक रुपमा काम गर्न पाउने छ्न्।
मलेसियाको सरकारको गृहमन्त्री दातोक श्री सैफुद्दीन नासुशन इस्माइलले स्थानीय सञ्चार माध्यमसंगको कुराकानीको क्रममा बताए अनुसार यस् पुनः रिक्यालिब्रेशन कार्यक्रम अन्तर्गत मलेसियामा अवैधानिक हैसियतमा कार्यरत रहेका विदेशी कामदारहरुले आफू कार्यरत रोजगारदाता कम्पनीमार्फत पासपोर्टमा भिसा लगाउन सकिने र वैधानिक रुपमा बसेर काम गर्न सकिनेछ्न।
यस् कार्यक्रममार्फत भिसा लगाउनलाई कामदारको पासपोर्टको हद म्याद कम्तिमा पनि १८ महिना भन्दा बढी हुनु पर्नेछ्न , भने गत बर्ष २०२२ को डिसेम्बर महिना भन्दा पहिलेदेखीनै भिसा सकिएर अवैधानिक हैसियतमा रहेको हुनुपर्ने उनले बताए। साथै पहिला रिहाईरिङ् (6p) गरेकाहरु जसको भिसा रिनियु हुन बाँकी छ तिनीहरु पनि सामेल हुन सक्ने बताए।
गृहमन्त्री इस्माइलले यो कार्यक्रम यस् बर्ष सन् २०२३ को डिसेम्बर अन्त्यसम्म चल्नेछ्न ,र मलेसियामा कार्यरत १५ वटा विभिन्न देशको कामदारहरु क्रमशः थाइल्याण्ड , कम्बोडिया , बंगलादेश , नेपाल , तुर्कमेनिस्तान , म्यानमार , उज्वेकिस्तान , लाओस , भियतनाम , काजाकिस्तान , फिलिपिन्स , पाकिस्तान , इन्डोनेसिया , भारत (इन्डिया) को अवैधानिक कामदारहरु सामेल हुन सक्नेछ्न्।
यो पुन: रिक्यालिब्रेसन कार्यक्रम अन्तर्गत खतरापूर्ण क्षेत्र अन्तर्गतको सुरक्षागार्ड (security guard ) को क्षेत्रमा नेपालको पुरुषलाई मात्रै भर्ना लिन सकिने र भिसा दिएर काम गर्न दिइने बताए । त्यस्तै अन्य विभिन्न क्षेत्र जस्तै निर्माण, उत्पादन, वृक्षारोपण, कृषि र म्यानुफ्याक्चरिङ जस्ता निश्चित क्षेत्रहरूमा तोकिएको नेपालसंगै विभिन्न १५ वटा देशकै कामदारलाई भर्ना लिन मिल्ने बताए।
साथै गृहमन्त्री दातोक श्री सैफुद्दीन नासुशन इस्माइलले अवैधानिक कामदारहरुले यस् कार्यक्रममा भाग लिनको लागि कुनैपनि बिचौलिया (एजेन्ट) दलालको प्रयोग नगर्न सम्पुर्णमा अनुरोध गर्नुभयो।
वैधानिक बन्नलाई योग्य रोजगारदाता कम्पनी छानेर अथवा जुन कम्पनीमा अहिले कार्यरत हुनुहुन्छ सोही कम्पनीमार्फत वैधानिक बन्ने प्रक्रियामा भाग लिनलाई अनुरोध गरे। रोजगारदाताहरूले आवश्यक सम्पुर्ण प्रक्रिया पुरा गर्नलाई अनलाइनमार्फत अध्यागमन बिभाग (इमिग्रेशन) को वेबसाईट www.imi.gov.my मा गएर अप्लाई गर्न र आवश्यक जानकारी लिन सक्नेछ्न।





















