काठमाडौं:= उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ ।
बिहिवार दिउँसो भएको भेटमा महानगरभित्रको सुकुम्बासी समस्या समाधान कसरी गर्ने भन्ने विषयमा छलफल भएको थियो । उनले सुकुम्बासी बस्ती हटाउनुपर्ने कारण, अवस्थाबारे ब्रिफ्रिङ गरेका थिए । बालेनले केही समन्वयको अभाव भएपनि प्रहरी र प्रशासनले असयोग गरेको भन्दै टिप्पणी गरेको छलफलमा सहभागी एकजनाले बताए ।
छलफलमा बालेनसहित एकीकृत बागमती सभ्यता विकास समितिले पनि सुकुम्बासी बस्तीको विषयमा गृह मन्त्रालयमा आफ्नो धारणा राखेका थिए । छलफलका क्रममा गृहमन्त्री लामिछानेले आफू महानगरको सुकुम्बासी समस्या समाधानका लागि सकारात्मक रहेको बताएका थिए ।
केही समयअघि काठमाडौं महानगरले गृह मन्त्रालयलाई पत्राचार गर्दै सुकुम्बासी समस्या समाधान गर्नका लागि सहयोग गर्न आग्रह गरेको थियो । जवाफमा मन्त्रालयले प्रक्रिया पुर्याएरमात्रै सुकुम्बासी समस्या समाधान गर्ने जनाएको थियो ।




















