नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) चैतको पहिलो सातादेखी आयोजना हुने।

काठमाडौं := छैटौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) चैतको पहिलो साता काठमाडौंमा आयोजना हुने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निफ महोत्सव चैत २ देखि ६ गतेसम्म काठमाडौंमा हुने जानकारी दिएको हो ।

महोत्सवमा ५५ देशका पाँच सयभन्दा बढी फिल्मबाट छनोट भएका ३५ देशका ९५ फिल्मबीच प्रतिस्पर्धा हुनेछ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले विगतमा झैं महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री तथा एनिमेटेड फिल्मको सात विधामा १४ पुरस्कार प्रदान गरिने जानकारी दिनुभयो । यस पटकबाट निफका प्रतिस्पर्धी फिल्मलाई विभिन्न सिनेमा घरहरूमा प्रदर्शन गरिने पनि पाठकले बताउनुभयो