
एजेन्सी := शानदार जित निकाल्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। सोमबार राति भएको खेलमा एमबाप्पे जम्किँदा पाएस डी कासेलमाथि ७–० गोल अन्तरले विजयी हुँदै पीएसजी अन्तिम १६ मा पुगेको हो । पीएसजीको जितमा केलियन एमबाप्पेले एक्लै ५ गोल गरे।
खेलको २९, ३४ र ४० औं मिनेटमा ह्याट्रिक पूरा गरेका एमबाप्पेले ५६ र ७९ औं मिनेटमा थप दुई गोल गरेका हुन् ।पीएसजीको इतिहासमा एकै खेलमा ५ गोल गर्ने पहिलो खेलाडीको रुपमा एमबाप्पेले नामसमेत लेखाएका छन्। अन्य दुई गोल नेयमार र सोलेरले गरेका थिए ।



















