सोमबारै आथिया र राहुलले आफ्नो इन्स्टाग्राममार्फत् आफ्नो बिहेको तस्बिर सार्वजनिक गरेका छन् । उनीहरूले तस्बिर राख्दै लेखेका छन्, ‘आज हाम्रा प्रियजनहरूको उपस्थितिमा हामीले बिहे गरेका छौं । हामी यो यात्रामा सबैको आशीर्वादको कामना गर्छौं ।’
भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनीहरूको बिहेको कुनै तस्बिर वा भिडिओ लिक नहोस् भनेर विवाहमा पाहुनालाई मोबाइल समेत बोक्न दिएको थिएन । आथिया र केएलले सन् २०२२ मा इन्स्टाग्राममार्फत आफूहरू प्रेम सम्बन्धमा रहेको बताएका थिए ।
हेर्नुस् विवाहका केही तस्बिर :.























