इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलद्वारा म्यान्चेस्टर युनाइटेड पराजित।

एजेन्सी := इंग्लीश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको आर्सनलले म्यान्चेस्टर युनाइटेडलाई ३–२ ले पराजित गरेकाे छ। आफ्नै मैदानमा आइतबार राति भएको खेलमा आर्सनललाई विजयी गराउन एडी एन्केतियाले दुई गोल गर्दा बुकायो साकाले एक गोल थपेका थिए ।

म्यान्चेस्टर युनाइटेडका मार्कस रास्फोर्ड र लि मार्टीनेजले एक एक गोल गरेका थिए । जितसँगै आर्सनलले प्रिमियर लिगको उपाधि दावेदारी झनै बलियो पारेको छ । अंक तालिकामा १९ खेलबाट आर्सनलको ५० अंक भएको छ। एक खेल बढी खेलेको म्यान्चेस्टर सिटी ४५ अंकसहित दोस्रो स्थानमा रहेकाे छ।

आइतबार राति भएको खेलमा म्यान्चेस्टर सिटीले वुल्भर ह्याम्पटन वान्डरर्सलाई ३–० ले पराजित गरेकाे हाे । म्यान्चेस्टर सिटीका लागि अर्लिङ ब्रट हाल्याण्डले ह्याट्रिक गरेका हुन् ।प्रिमियर लिगकै अर्को खेलमा लिड्स युनाइटेड र ब्रेन्टफोर्डले गोलरहित बराबरीमा चित्त बुझाएका छन् ।