[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= मलेसियामा भोलि आईतवार २२ तारिखदेखि परेको चाइनिज नयाँ बर्षको अवसरमा सार्वजनिक विदाको सदुपयोग गर्दै आयोजना हुन गैइरहेको ‘रिमिक्स धमाका-१४’ सांगीतिक कार्यक्रममा सहभागीताको लागि नेपालबाट आमन्त्रित कलाकारहरु मलेसिया आईपुगेका छ्न।
जिरो माइलको प्रमुख आयोजनामा हुन लागेको ‘रिमिक्स धमाका-१४’ कार्यक्रममा दर्शकलाई मनोरञ्जन दिनको लागि नेपाली कलाकारहरु क्रमशः ख्यातीप्राप्त गायक–गायीकाहरु आनन्द कार्की, खेम सेञ्चुरी, प्रीति आलेमगर तथा डान्सर अन्जली अधिकारी र प्रिती पासवान लगायत कलाकारहरु मलेसिया आईपुगेको कार्यक्रम संयोजक राजेश श्रेष्ठले जानकारी दिनुभयो।

रिमिक्स धमाका मलेसियामा हरेक बर्ष आयोजना हुँदै आएको मनोरन्जनात्मक सांगितिक कार्यक्रम हो, जसमा नेपालबाट विभिन्न क्षेत्रका ख्यातिप्राप्त नेपाली कलाकारहरुको उपस्थिति रहने गर्दछ । यस् बर्षको १४ संस्करणको रिमिक्स धमाका जनवरी २२ मा बाटुपहाडको एसकेजे चाइनिज स्कुलमा, जनवरी २३ मा चेमरल्याङ जेबिको जोहोरमा र जनवरी २४ तारिखमा क्वालालाम्पुरस्थित होटल ग्रयाण्ड कन्टिनेन्टलमा आयोजना हुने संयोजक श्रेष्ठले बताउनुभयो।


रिमिक्स धमाका कार्यक्रमको टिकट प्रभु पेमार्फत पनि किन्न सकिने जानकारी दिदै संयोजक श्रेष्ठले मलेसियामा रहेका सम्पूर्ण नेपालीलाई कार्यक्रममा उपस्थित हुन , सहभागिताका लागि अनुरोध गर्नुभएको छ।
साथै यस पटकको रिमिक्स धमाका सांगीतिक कार्यक्रममा इन्टरनेशनल सोसियल अवार्डको कार्यक्रम पनि रहने संयोजक श्रेष्ठले बताए । उक्त कार्यक्रम जनवरि २४ मा होटल ग्रान्ड कंटिनेन्टलमा रिमिक्स धमाकासँगै हुनेछ । उक्त कार्यक्रममा लागी नेपाल,युएई,कम्बोडिया लगाएत बिभिन्न देशबाट दर्जनौ अतिथी आउने श्रेष्ठले भन्नुभयो।





















