‘ह्यारीकी प्यारी’ टिमले धरानका मेयर हर्क साम्पाङलाई दिए सयवटा रुद्राक्षको बिरुवा।

धरान:= आफ्नो नयाँ फिल्म प्रमोसनका लागि मोफसल टूरमा रहेको ‘ह्यारीकी प्यारी’ टिमले धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईलाई भेटेका छन्। बिहिबार कलाकार जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, विजय बराल, डिओपी सुदिप बराल र निर्देशक डा. कपिल रिजाललगायतको टिमले धरानस्थित श्रम संस्कृति पार्कमा पुगेर मेयर साम्पाङलाई सय वटा रुद्राक्षको बिरुवा प्रदान गरेको थियो।

निर्देशक रिजालले मेयर साम्पाङको काम गर्ने तरिकाले आफु प्रभावित भएकाले धरान आएको बेला बिरुवा उपहार लिएर भेट्न आएको बताए। ‘धरानसंग मेरो बाल्यकाल जोडिएको छ। यहिँ हुर्केर पढेको मान्छे हुँ म। देश दौडाहको क्रममा यहाँ आउँदा हर्क सरलाई पनि भेटौं भन्ने लाग्यो। त्यसै अनुरुप सय वटा रुद्राक्षको बिरुवा लिएर आएका छौं। हामि रहे नरहेंपनि यी रुख रहिरहने छन्।’ रिजालले साम्पाङलाई बिरुवा प्रदान गर्दै भने।

अभिनेत्री शाहले मेयर साम्पाङको काममा हौसला बढाउन बिरुवा सहयोग गरेको बताउदै ‘ह्यारीकी प्यारी’पनि हेरिदिन आग्रह गरिन्। अभिनेता जितु नेपालले साम्पाङलाई परिस्थितिले बनाएको रियल हिरोको उपमा दिंदै सिनेमाको प्रिमियर र ‘मुन्द्रेको कमेडी क्लब’ सिजन ३ मा आतित्यथा ग्रहणको निम्तो दिए।

नेपालीसंगै हिन्दी, मराठी र बंगाली भाषामा निर्माण गरिएको सिनेमा नेपाल रिलिजपछि अन्य देशमा प्रदर्शन हुनेछ। निर्देशक रिजालकै कथा रहेको सिनेमामा सुदिप बराल, गिरिराज घिमिरे, अभिमन्यू निरवी र निर्देशक स्वयमको लेखन छ।

सुदिप बरालको डिओपी, रविन्द्र न्यौपानेको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र युग भुषालरशिखर सन्तोषको संगीत रहेको सिनेमा अर्जुन जिसीले सम्पादन गरेका हुन्। बिआर प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा डा. भोला रिजालको निर्माण छ। सिनेमाको कार्यकारी निर्मातामा मनिष रिजाल, प्रलय रिजाल, सुदिप बराल र जीवन ओली रहेका छन्।