सोमालियामा अल–शबाबको आक्रमणमा सातजना सैनिकसहित एकसय भन्दा बढीको मृत्यु।

सोमालिया:= सोमालियाको गाल्काड शहरमा रहेको एक सैन्य शिविरमा शुक्रबार भएको अल–शबाब आक्रमणमा परी सात सैनिकको मृत्यु भएको छ। सोमालियाको राजधानी मोगादिशुबाट करिब ३७५ किलोमिटर उत्तरमा रहेको गाल्काड शहरमा इस्लामिक लडाकूसमूहले आक्रमण गर्दा मृत्यु हुनेमा एक वरिष्ठ विशेष बलका कमाण्डर रहेको सोमालियाको सूचना मन्त्रालयले जनाएको छ ।

उक्त आक्रमणका क्रममा अलकायदा सम्बद्ध समूहका सयभन्दा बढी लडाकू मारिएका सेनाले दावी गरेको छ तर यस दावीको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । त्यहाँ ठूलो लडाइँ भएको र (जिहादीहरू) पराजित भएका मन्त्रालयले जानकारी दिएको छ । अल–शबाबले उक्त आक्रमणमा आफ्नो हात रहेको र ठूलो सङ्ख्यामा हताहत भएको दाबी गरेको छ ।