चितवन := महत्त्वाकांक्षी परियोजनाका रुपमा तीन वर्षअघि चितवनको भरतपुरमा निर्माण सुरु गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अहिले अलपत्र छ । आर्थिक संकटले काम रोकिएपछि रंगशाला निर्माणको काम रोकिएको हो । बनिसकेको केही संरचना पनि अहिले झाडीमा परिणत भएको छ । रंगशाला बनाउादा लागेको १८ करोड ऋण कसरी चुक्ता गर्ने भन्ने विषय टुंगोमा नपुग्दा काम अघि बढ्न नसकेको हो ।
सुरुमा सहयोगी दाताहरुको चहलपहल बाक्लै देखियो । तर, हरेक दिन कामदारले भरिने रंगशाला निर्माणस्थल अहिले भने सुनसान छ । आर्थिक संकट चुलिएपछि निर्माणको काम रोकिएको दुई वर्ष पुग्न लागिसक्यो । १८ करोड ऋण लागेको भन्दै फाउन्डेसनले काम अघि बढाउन सकेन । सोही ऋणका कारण भरतपुर महानगरले पनि प्रक्रिया अघि बढाउन सकेको छैन ।

घाँस रोपिएको खेल मैदान अहिले झाडीले भरिएको छ । निर्माण सामग्रीहरु अलपत्र छन् । यस्तै अवस्था रहे आगामी दिनमा निर्माण प्रक्रियालाई अगाडि बढाउनसमेत चुनौती देखिन्छ । रंगशाला निर्माणको क्रममा स्थानीयस्तरमा निकै चहल-पहल बढेको थियो । खेलप्रेमीहरुमा मात्र होइन, समग्र चितवन र देशवासीमै उत्साहको सञ्चार थियो । अहिले रंगशाला यो अवस्थामा पुग्दा स्थानीय दुःखी छन् ।
फाउन्डेसनले देखाएको १८ करोड ऋण चुक्ता गर्न अहिले मुख्य समस्या देखिएको हो । रंगशाला बनाउँदा लागेको १८ करोड ऋण कसरी चुक्ता गर्ने भन्ने विषय टुंगोमा नपुग्दा काम अघि बढ्न नसकेको हो ।भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल भने स्रोत जुटाउन कुनै जटिलता नभएको दाबी गर्छिन् । ‘हामिलाई ठूलो चुनौती भनेको ऋण तिर्ने व्यवस्था कसरी गर्ने भन्ने हो ।
यो कुराको पार नै लागेको छैन’, उनी भन्छिन्, ‘अहिले पनि हामि त्यहि ऋण व्यवस्थापन कसरी गर्ने भनेर खोजिमा लागेका छौँ ।’ रंगशाला निर्माण कार्य र ऋण तिर्ने कुरालाई संगसंगै अघि बढाउन आफुले प्रस्ताव गरेको उनी बताउँछिन् ।धुर्मुस–सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच
२०७५ माघ १६ गते भरतपुर १५ मा अन्तर्राष्ट्रिय मापदण्डको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माण गर्ने सम्झौता भएको थियो। सम्झौताअनुसार फाउन्डेसनले जनसहयोगबाटै रकम जुटाउने भन्दै चन्दासमेत उठाएको थियो ।रंगशाला निर्माणको काम थाल्दा अलग्गै उत्साह देखिएको थियो र काम पनि धमाधम अघि बढ्यो ।
सुरुमा सहयोगी दाताहरुको चहलपहल बाक्लै देखियो । तर, हरेक दिन कामदारले भरिने रंगशाला निर्माणस्थल अहिले भने सुनसान छ ।आर्थिक संकट चुलिएपछि निर्माणको काम रोकिएको दुई वर्ष पुग्न लागिसक्यो । १८ करोड ऋण लागेको भन्दै फाउन्डेसनले काम अघि बढाउन सकेन ।
सोही ऋणका कारण भरतपुर महानगरले पनि प्रक्रिया अघि बढाउन सकेको छैन ।रंगशालाको निर्माण कार्य रोकिनुअघि करिब तीन हजार क्षमताको प्याराफिटसमेत निर्माण भइसकेको छ । अन्य प्याराफिट निर्माणका लागि बनाइएका ठूला ठूला पिलरहरु अहिले अलपत्र छन् ।
फलाममा खिया लागेर कामै नलाग्ने अवस्था पुग्न लागेका छन् ।घाँस रोपिएको खेल मैदान अहिले झाडीले भरिएको छ । निर्माण सामग्रीहरु अलपत्र छन् । यस्तै अवस्था रहे आगामी दिनमा निर्माण प्रक्रियालाई अगाडि बढाउनसमेत चुनौती देखिन्छ । रंगशाला निर्माणको क्रममा स्थानीयस्तरमा निकै चहल–पहल बढेको थियो ।
खेलप्रेमीहरुमा मात्र होइन, समग्र चितवन र देशवासीमै उत्साहको सञ्चार थियो । अहिले रंगशाला यो अवस्थामा पुग्दा स्थानीय दुःखी छन् ।फाउन्डेसनले देखाएको १८ करोड ऋण चुक्ता गर्न अहिले मुख्य समस्या देखिएको हो । यसअघिको सरकारले रंगशालाका लागि २२ करोड रुपैयाँ रकम विनियोजन गरिसकेको छ ।
त्यसलाई कार्यान्वयनमा समेत लैजान सकिएको छैन ।कुल तीन अर्ब खर्च हुने अनुमान गरिएको रंगशाला निर्माणमा हालसम्म ५४ करोड ६२ लाख २१ हजार रुपैयाँ खर्च भइसकेको धुर्मुस-सुन्तली फाउन्डेसनको दाबी छ । तर, अहिलेसम्म भौतिक पूर्वाधारको ३५ प्रतिशत काम मात्रै सकिएको छ ।
source : kantipur.com




















