सम्माननीय प्रधानमन्त्री प्रचण्डलाई खुलापत्र !

काठमाडौं । अत्यन्तै प्रतिकूल अवस्थालाई अनुकूलतामा बदलेर प्रधानमन्त्री चयन हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना। तपाईं प्रधानमन्त्री भइरहँदा देशमा एक प्रकारको सकारात्मक कम्पन पैदा भएको छ। अत्यन्तै कम व्यक्तिले जीवनमा मुस्किलले एकपटक पाउने अवसर तपाईंले तेस्रो पटक पाउनुभएको छ। यो अवसरलाई राजनेताका रूपमा स्थापित हुने गरी प्रयोग गर्न तपाईंलाई शक्ति र सामथ्र्य प्राप्त होस् र देश र जनताले तपाईंप्रति गौरव गर्न सक्ने काम गर्ने सफलता तपाईंलाई मिलोस्।

तपाईंले केही गर्न चाहना राख्नुभयो भने सारा देशले साथ दिनेछ। पार्टी घोषणापत्र र तपाईँले सचिवहरूलाई जारी गरेका निर्देशन हेर्दा र अनुगमनका नाममा तपाईंका मन्त्रिमण्डलका सदस्यहरूको चौकीदारको जस्तो हर्कत देख्दा यो कार्यकाल सामान्यभन्दा माथि हुन्छ भनेर अनुमान गर्न त मिल्दैन तर तपाईं स्वयं समाजको उत्पादन सम्बन्ध बदल्ने अठोटका साथ क्रान्तिमा होमिएर देशको नेतृत्वमा आउनुभएको र तपाईंको सहयात्री एमालेले पनि परिवर्तनको सन्देश दिन खोजेको देख्दा केही आश लागेको छ।

संविधानले समाजवाद उन्मुख व्यवस्थाको परिकल्पना गरेको भए पनि तपाईंको पार्टी, स्थानीय सरकार, प्रदेश सरकार, विश्वविद्यालय र नागरिक समाज समाजवाद भनेको के हो, यसको आर्थिक सामाजिक विकासको मोडेल के हो र कस्तो हुन्छ ? समाजवादको आधार कसरी निर्धारण गर्ने ? हाम्रा ऐनरनियमरकानुनहरूले समाजवादको प्रवर्द्धन गर्दै छन् कि घाँटी निमोठेका छन्रु भन्ने जानकारी राख्ने जनसमुदाय न्यून छ भने मिडिया, राजनीतिक पार्टीहरू र बौद्धिक सभाहरूमा विगत दश पन्ध्रदेखि नै बहस भएका छैनन्।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।