पोखरा := माघ १ गते आईतवार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा लोकगायिका नीरा छन्त्यालको पनि निधन भएको छ। उनको मृत्यु भएको खबर उनकी दिदी हिरा छन्त्यालले पुष्टि गरेकी छन्।
बाग्लुङ घर भएकी गायिका छन्त्याल आइतवार पोखरामा हुने कार्यक्रममा सहभागी हुन सो जहाजमा गएकी थिइन् । उनले आफ्नो फेसबुकबाट माघे सङ्क्रान्ति शुभकामना लेखेकी थिइन्। ‘छन्त्याल भवन काठमाडौँको माघी सकियो, भोलि पोखरामा रमाइलो गर्नुपर्छ,’ उनले लेखेकी थिइन्।




















