कोल्हबीमा तीनदिने माघी महोत्सव सुरु, नगरप्रमुख चौधरीद्वारा उदघाटन।

कोल्हबी := थारु कल्याणकारीणि सभा बारा र गाउ इकाई कमिटी कोल्हवीको आयोजनामा आयोजित तीनदिने थारु माघी साँस्कृतीक महोत्सव-२०७९ बिधिवत रुपमा सुरु भएको छ। कार्यक्रमको उदघाटन प्रमुख अतिथि कोल्हवी नगरपालिकाका मेयर रामप्रसाद चौधरीले एक कार्यक्रमको बिच पानसमा बति बालेर गर्नु भएको छ ।

कार्यक्रममा विशिष्ट अतिथी नगर उपप्रमुख लक्ष्मी कुमारी चौधरी ,ईलाका प्रशासन कोल्हवीका प्रमुख नविन चौधरी ,था क स बाराका कोषाध्यक्ष बासु प्रसाद चौधरी जिल्ला सदस्य संजय कुमार चौधरी वाड न १ देखि ११ वडाका वडा अध्यक्षहरु,थारु अगुवा हृदय नारायण चौधरी , गिरधारी चौधरी,रबिन्द्र पनुहर ,गाउँ इकाई कमिटीका पदाधिकारीहरु पुर्व वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा राज हरन चौधरी ,बिरेन्द्र चौधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

महोत्सवको पहिलो दिन धेरै नै चहल पहल रहेको छ। महोत्सवमा स्टल रोटे पिङ जुम्पिङ बक्स ,लगायत थारु परिकारका खानेकुराको पसल र पार्किङ एरियाको पनि राम्रो बव्यवस्थापन रहेको गाउँ इकाई कमिटीको सभापति रामबाबु चौधरीले जानकारी दिनु भयो।

महोत्सवमा थारु समुदायको भेषभुषामा सजिएर अतिथीहरु आउनु भएको थियो। महोत्सव ३ गते सम्म चल्ने छ ।पहिलो दिन स्थानिय कलाकारहरुले आफ्नो प्रस्तुति देखाएका थिए भने २ गते थारु गायिका अन्जु कुश्मि र ३ गते थारु मोडेल ममता चौधरी आउने कार्यक्रम रहेको आयोजकले जानकारी दिए ।

थारु परम्परा अनुसार थारु अगुवा रबिन्द्र पनुहरले प्रमुख अतिथी र सभाअध्यक्षलाइ पहेलो पगरी बाधेर सम्मान गर्नु भएको थियो। उक्त महोत्सवको करिब १० लाख २५ हजार अनुमानित बजेट रहेको छ। शान्ती सुरक्षालाई चुस्त दुरुस्त बनाउन ईलाका प्रहरी कार्यालय कोल्हवी र सशस्त्र बेश क्याम्प कोल्हवी हरपल तैनाथ रहेको ईप्रका कोल्हवीका प्रमुख संतोष दाहालले जानकारी दिनु भयो।